माओवादीबाट महरा अर्थ, श्रीपाली खेलकुद र चौधरी कृषि

490

माओवादीबाट महरा अर्थ, श्रीपाली खेलकुद र चौधरी कृषि

काठमाडौं, २० साउन । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री संगै तीन जना मन्त्रीलाई सपथ गराउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो चरणमा आफ्ना पार्टीबाट तीन जनालाई मन्त्री बनाउने भएका छन्।
कृष्ण बहादुर महरा अर्थ मन्त्री, दलजीत श्रीपाली युवा तथा खेलकुद मन्त्री र शंकर चौधरीले कृषि मन्त्रीका रूपमा आजै मन्त्री पदको सपथ लिनेछन्।