तेहरान, २० साउन । इरानमा एकै दिनमा २० आतङ्ककारीलाई फाँसी दिइएको समाचार छ । कैयौँ व्यक्तिका हत्याको स्वीकार गरेका र राष्ट्रिय सुरक्षाबललाई कमजोर पार्दै आएका जेलमा रहेका ती आतङ्ककारीलाई फाँसी दिइएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले बिहीबार जानकारी दिएको छ ।
ती आतङ्ककारीले महिला, बालबालिका सुनी क्षेत्र, कुर्दिस क्षेत्रका नेताहरुको हत्या गरेको स्वीकार गरेका आइआरआइबी टेलिभिजनले महान्याधिवक्ता मोहमद जावेद उर्दृत गर्दै जानकारी दिएको छ । ती सबैलाई मङ्गलबार नै फाँसी दिइएको आइआरआइबी जनाएको छ । रासस÷एएफपी