सवारी दुर्घटनामा न्युनिकरणमा चिन्ता

375

सवारी दुर्घटनामा न्युनिकरणमा चिन्ता

yputhh

बुटवल, २१ साउन । नेपालमा सडक दुर्घटना दिनप्रतिनि भयावह बन्दै गएको भन्दै युवा पुस्ताले यसको न्यूनिकरणमा विशेष ध्यान दिनु पर्ने सुझाव दिएका छन् । उनिहरुले दैनिक ६ जनाको मृत्यु हुने नेपालमा यो भन्दा अर्को ठुलो कुनै रोग नभएको भन्दै यसको पुरै नियन्त्रण नभएपनि न्यूनिकरण गर्न सकिने बताएका हुन् ।

सुरक्षित यात्रा नेपाल अन्तरगत न्यु लाईट कलेज ईकाईले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताको उद्घाटन सत्रमा बाल्दै वक्ताहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालय रुपन्देहीका प्रमुख टेक वहादुर थापाले सवारी दुर्घटनता अधिकाश मानवश्रृजित समस्या भएकोले यसको न्यूनिकरण आवश्यक रहेको बताउनु भयो ।

yatraa

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी दिपक न्यौपाने, सुरक्षित यात्रा नेपालका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद वेल्वासे, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष लोकराज पोख्रेल, महासचिव प्रकाश नेपाल, सल्लहकार जेवी गुरुङ, महेन्द्र पाण्डे, दिपक ढकाल,कलेजका प्राचार्य रमेश ज्ञवाली,राजेन्द्र कुवंर लगायतले बोल्नु भएको थियो ।

प्रतियोगितामा सहभागिहरु मध्ये नितेश खरेल प्रथम,अमित अर्याल, द्धितिय तथा बन्दना पोख्रेल तिर्तिय भएका थिए । उनिहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो । सोहि अवसरमा सुरक्षित यात्रा नेपालले कलेजको ईकाइलाई प्रोत्साहन स्वरुप नगद पांच हजार प्रदान गरेको थियो ।