घरको छत खस्दा कपिलवस्तुमा एकै परिवारका ३ को मृत्यु

436

घरको छत खस्दा कपिलवस्तुमा एकै परिवारका ३ को मृत्यु

300px-Kapilvastu_district_location

कपिलवस्तु,साउन २२/कपिलवस्तुको गुगौली ५, तिनघरवामा एकैघरका ३ जनाको मृत्यु भएको छ । घरको अगाडिपट्टि छतको झाप खस्दा मृत्यु हुनेमा रामनारायण भरका छोरा ५ वर्षीय श्यामसुन्दर भर, श्रीमती २५ वर्षीय सत्यवती भर र वर्ष १२ की मनरावती भर रहेका छन् ।त्यसैगरी घटनामा परी ४५ वर्षीय चिन्नी भर घाइते भएको प्रहरीले जनाएको छ ।राति ८ बजेको समयमा घरको अगाडि पिढींमा खाना पकाइरहेको बेला एक्कासी छतको झाप खस्दा श्यामसुन्दरको घटनास्थलमै मृत्यु भएको थियो भने सत्यवती र मनरावतीको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक सुनिल कुमार प्रधानले जानकारी दिनुभयो ।

त्यसैगरी अर्का घाइते चिन्नीको भैरहवामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।झापमा लगाइएको सरिया जीर्ण भई झापले भार थाम्न नसकी खसेको हुनसक्ने प्रहरी निरीक्षक प्रधानले जनाउनुभयो ।भरका १५ जनाको परिवार पुरानो जीर्ण घरमा वर्षौंदेखि बस्दै आएका थिए ।