काठमाडौं , २४ साउन/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।प्रचण्डले सोमबार साँझ राप्रपाबाट दीपक बोहोरा र विक्रम पाण्डे तथा नेकपा संयुक्तबाट जयदेव जोशीलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले साँझ नै शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
मन्त्रीहरुको विभागीय जिम्मेवारी नतोकिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।सोमबारको विस्तारसँगै मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले सपथसँगै कांग्रेसका दुई र माओवादीका तीन मन्त्रीलाई समेटेर मन्त्रिपरिषद गठन गरेका थिए ।