पत्रकार राना पुरस्कृत

514

पत्रकार राना पुरस्कृत

rana
बुटवल, २७ साउन । पत्रकार सरु राना पुरस्कृत हुनु भएको छ । स्व. देव बहादुर पाटा मगर पत्रकारिता पुरस्कार बाट रेडियो लुम्बिनीकी पत्रकार रानालाई सम्मान गरिएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १७ औं स्थापना दिवसको अवसरमा आज पत्रकार रानालाई ५ हजार ५ सय राशीको पुरस्कार प्रदान गरिएको हो ।

फोनिज पश्चिमाञ्चल संयोजक देव पचभैया, रुपन्देही मिलन गाहा तथा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर के.सीले संयुक्त रुपमा प्रदान पुरस्कार गर्नुभयो । कार्यक्रममा फोनिज पश्चिमाञ्चल संयोजक पचभैयाले स्व. देव बहादुर पाटा मगरले देखाएको कार्यलाई अनुसरण गर्दै जानेुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर के.सीले स्व. देव बहादुर पाटा मगरले पत्रकारिताको क्षेत्रमा गरेको कार्य अनुकरणीय भएको भन्दै अनुशरण गर्नुपर्ने बताउनुभयो । पुरस्कार छनोट समितिका संयोजक लोकनेश ढेगा मगरले पत्रकार रानाले गरेको योगदानको मुल्याङकन गर्दै पुरस्कार प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा पुरस्कृत राना मगरले आफुले पाएको पुरस्कारले अझ बढि जिम्मेवार र कर्तव्य बढाएको भन्दै आगामी दिनमा पनि अझ विशिष्टकृत रुपमा अगाडि बढ्ने बताउनुभयो । फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहाको अध्यक्षतामा भएको कार्यक्रममा स्व पत्रकार पाटाकी पत्नी नारायणी पाटा, नेपाल मगर संघ बुटवल उपमहानगर कमिटिका अध्यक्ष भुपाल चौहान मगर, खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङ, उपाध्यक्ष राज चौधरी, सचिव आशिस सुर्यबंशी लगाएतले बोल्नु भएको थियो ।