जेल तोड्न खोज्ने दश मारिए

310

जेल तोड्न खोज्ने दश मारिए

मनिला, २८ साउन । फिलिपिन्सको एक उपनगरमा अवस्थित एक कारागारमा बिहीबार साँझ जेल तोड्ने र त्यहाँका वार्डेनलाई अपहरणको कोशिस गर्ने १० जना कैदी मारिएका छन् ।

परानाक्युए सहरमा रहेको सो कारागाराको कार्यालयमा बिहीबार साँझ दुई चिनियाँसहित कैदीहरु वार्डेनसँग छलफल गरिहेको अवस्थामा भएको विस्फोटमा कैदीहरु मारिएका र वार्डेन भने घाइते भएका जेल सेवाका प्रवक्ता वरिष्ठ निरीक्षक साभिइर सोल्डाले बताएका छन् ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुतेर्तेले लागू औषधविरुद्ध लगातार जारी राख्नु भएको युद्ध र यसको परिणाम स्वरुप सयौं सदिग्घ लागू औषध विक्रेताहरु मारिएका र कयौ पक्राउ परेका घटनापछि सो विस्फोट भएको बताइएको छ । रासस÷एएफपी