पत्रकार सुवेदी सम्मानित

1.3K

पत्रकार सुवेदी सम्मानित

subedi

परासी, २८ साउन । अन्तराष्ट्रिय यूवा दिवसको अवसर पारेर नवलपरासीमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । सो अवसरमा पत्रकार पुरुषोत्तम सुबेदी सम्मानीत हुनुभएको छ ।

नवलपरासीमा आज आयोजीत कार्यक्रममा सम्मान प्रदान गरिएको हो । पत्रकारिता क्षेत्र मार्फत युवा वर्गलाई प्रेरणा प्रदान गर्न सफल भएको भन्दै अन्तराष्ट्रिय यूवा दिवसको २०१६ को अवसरमा पारी आयोजीत  बिशेष समारोहमा   दोसल्ला तथा सम्मान पत्र द्धारा सुबेदीलाई सम्मान गरिएको थियो  ।

कार्यक्रमका प्रमुखअतिथी उद्योग बाणीज्य संघका अध्यक्ष भिम बहादुर थापा ( भरत )ले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि सम्मान गर्नुभएको थियो  । गरिबी उन्मुलनमा यूवा प्रतिबद्धता  उत्पादन र उपभोगमा आत्मनिर्भरता भन्ने नाराका साथमा प्रकृति युवा क्लबको अगुवामा आयोजीत  युवा दिवस बिशेष समारोहमा प्रस्तुत कार्यपत्र माथी युवाहरुको समस्या र समाधानको उपायबारे छलफल गरिएको थियो  ।