दोहोरी गीत प्रतिष्ठानद्वारा रक्तदान

353

दोहोरी गीत प्रतिष्ठानद्वारा रक्तदान

बुटवल, २८ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीले शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानले युवा दिवशको अवसर पारेर रक्तदान गरेको हो ।

कार्यक्रममा बोल्दै रक्तदान कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका संरक्षक तथा केन्द्रीय सल्लाहकार खिम हमालले कलाकारहरु समाजिक गतिबिधिमा सक्रिय भयर लाग्नु पर्ने बताउनुभयो ।

रक्तदान कार्यक्रमलाई बाषिक कार्यक्रम अन्र्तगत  निरन्तरता दिन जिल्ला कार्यसमितिलाई हमालले आग्रह गर्नुभयो । रक्त संचार सेवा केन्द्र बुटवलमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष दिपक गरौजाले सामाजिक उत्तरदायीत्व अन्र्तगत रक्तदान गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण भुषाल,  प्रतिष्ठान लुम्बिनी अञ्चल अध्यक्ष डिल्लिनारायण पाण्डे, पुर्व केन्द्रीय सदस्य नारायण लेकाली, प्रतिष्ठानका आजिवन सदस्य हिरा श्रेष्ठ, रक्तदान कार्यक्रमका संयोजक रेशम खनाल, बरिष्ठ उपाध्यक्ष बिजय सापकोटा, सचिव दिपु मगरले बाल्नुभएको थियो ।