संचार माध्यम समावेशी हुनुपर्छ : घर्ती

1.3K

संचार माध्यम समावेशी हुनुपर्छ : घर्ती

magar

मगर पत्रकार संघ रुपन्देहीमा नयां नेतृत्व
बुटवल, २९ साउन । नेपाल मगर पत्रकार संघका केन्द्रीय अध्यक्ष मनोज घर्तीले संचार माध्यम र न्युज रुप समावेशी बनाउनु पर्ने बताउनु भएको छ । नेपाल मगर पत्रकार संघ रुपन्देहीको आज बुटवलमा भएको प्रथम अधिवेशनमा केन्द्रीय अध्यक्ष घर्तीले संचार माध्यम सवल हुनको लागि पनि संचार माध्यम र न्युज रुप समावेशी हुनु पर्नेमा जोड दिनुभयो ।

उहांले पत्रकारको न्युनतम पारिश्रमिक लागु भए नभएको अनुगमन गर्न पनि सरकार संग आग्रह गर्नुभयो । केन्द्रीय अध्यक्ष घर्तीले मगर समुदायको पहिचान र पहुंचको लागि मगर पत्रकार संघ स्थापना गरिएको स्पष्ट पार्नुभयो ।उहांले पेशागत मर्यादालाई ख्याल गदै मगर समुदायको आवाज बुलंद पार्न कलम चलाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल मगर संघका पुर्व वरिष्ठ उपाध्यक्ष बसन्त घर्तीले उत्पीडनमा परेको समुदायको आवाजले संचार माध्यममा उचित स्थान नपाएको गुनासो गर्नुभयो । नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष शेर बहादुर केसीले पत्रकारिता क्षेत्रमा टिकिरहने बातावरण बनाउनुु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

संघका अध्यक्ष लोकनेश ढेंगाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देही अध्यक्ष दलबहादुर छन्त्याल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति रुपन्देही उपाध्यक्ष डिल बहादुर खाम्चा, इन्जिनियर गम प्रसाद रेश्मी, नेपाल मगर संघ रुपन्देही कार्यवाहक अध्यक्ष गिता सारु, नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष चन्दा थापा, नेपाल मगर पत्रकार संघका सचिव मिलन गाहा, नेपाल प्रेस चौतारीका केन्द्रीय सदस्य यम राना,  गिरी श्रीस, सिवी थापा, डा. नेत्र थापा, खिम थापा, मिना राना, सरिता श्रीस, सुरज थापा लगाएतले उत्पीडित समुदायको आवाज बुंलद संगै आर्थिक समृद्धिको बाटोमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
संघमा थापा

magar 1
नेपाल मगर पत्रकार संघ रुपन्देहीको प्रथम अधिवेशनले सनु थापा अध्यक्ष रहेको नयां कार्य समिति सर्व सम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा मिना राना, सचिवमा सुरज थापा, कोषाध्यक्षमा आकृती थापा, सहसचिवमा लिला राना रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा मिन राना, प्रभा गाहा, गोपाल थापा, विनिता श्रीस, ज्ञान बहादुर थापा रहनु भएको छ ।