बुटवल, २९ साउन । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ, रुपन्देहीको जिल्ला भेला नयां नेतृत्व चयन गरि आज भैरहवामा सम्पन्न भएको छ । भेलाले बुद्धिबहादुर गुरुङ संयोजक र यमबहादुर सुनार सहसंयोजक रहेको ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।
समितिको सदस्यमा जमाल खांन, शन्तराम ठाकुर, गोरख चौधरी, लल्लु हरिजन, हिरा थापा लगायत रहनुभएको छ । भेलामा नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)अवधराज्य समिति सचिवालय सदस्य आरपी शर्मा, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ, अवधराज्य समितिका संयोजक राजु भुजेलले बोल्दैं पार्टीका काम र संगठन विस्तारमा लाग्न सबैलाई आग्रह गरेका थिए ।
त्यस्तैं क्रान्तिकारी राष्ट्रिय युवा लिग, रुपन्देहीको विस्तारित भेला पनि आजैं भैरहवामा सम्पन्न भएको छ । भेलाले युवाको संगठन विस्तारका लागि क्षेत्रीय इन्चार्जहरु तोकेको छ । जसमा रुपन्देही क्षेत्र नं १ मा निर्मल थापा, २ मा पदम थापा, ३मा दिलु नेपाली, ४ मा दर्शन थापा, ५ मा हरि थापा, ६ मा अब्दुल सलाम र ७ मा मुबिम अलिलाई क्षेत्रीय इन्चार्ज तोकिएको युवा संघले जनाएको छ ।
भेला संघका संयोजक शंकर के.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो । यता अखिल नेपाल महिला संघ (क्रान्तिकारी),रुपन्देहीको बृहत जिल्ला भेला बुटवलमा सम्पन्न भएको छ । भेलाले संघको केही जिम्मेबारी हेरफेर गरेको छ ।
संघका अनुसार रुपन्देही क्षेत्र २ मा बिन्दा क्षेत्री,६ मा रमा शर्मा र ७ मा शिला यादवलाई क्षेत्रीय इन्चार्जको जिम्मेबारी दिइएको छ भने अन्यमा यसअघि भएको निर्णय अनुसार यथावत राखिएको संघले जनाएको छ । संघले सात वटै क्षेत्रमा संगठन विस्तार गर्ने र भदौं ४ गते बुटवलमा राखिएको तीज विषयक अन्तिरक्रियालाई भव्य रुपमा सफल पार्ने भेलाले निर्णय गरेको संघका संयोजक निमकला पुनमगरले जानकारी दिनुभयो ।
भेलामा नेकपा (क्रान्तिकारी माओवादीं), रुपन्देहीका संयोजक भुलबहादुर सुनारी, महिला नेतृ कमला गौतम, निमकला पुन, रुपा थापा लगायतले बोल्नुभएको थियो