मोर्चाबिनाको चुनावको कुनै अर्थ हुँदैन : खनाल

188

मोर्चाबिनाको चुनावको कुनै अर्थ हुँदैन : खनाल

khanal

काठमाडौँ, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालले स्थानीय निकायको निर्वाचन फागुनसम्ममा हुने गरी तयारी भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा खनालले निर्वाचन कार्यतालिका अनुसार आगामी चैतसम्ममा चुनाव सम्पन्न गर्नुपर्ने भएकाले सरकारले सोही बमोजिम तयारी थालेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मधेसी मोर्चा पनि चुनावमा आउनुपर्छ, मोर्चाबिनाको चुनावको कुनै अर्थ हुँदैन ।” राज्य पुनःसंरचनासम्बन्धी विवाद उठेपनि त्यसलाई दलीय सहमतिअनुसार नै टुङ्गोमा पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेता खनालले मधेसी मोर्चाले अघि सारेका माग राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै उनीहरुले अघि सारेका माग सम्बोधन गर्ने जिम्मेवारी र दायित्व नेकपा (एमाले) को पनि भएको बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयनका लागि दलबीच सहमति, सहकार्य र एकताको आवश्यकता रहेकामा जोड दिँदै दलीय सहमतिअनुसार नै स्थानीय निकायलगायत अन्य चुनाव हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनताले प्रत्यक्ष राहत महसुस गर्नेगरी अहिले सरकारले महँगी, कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्न काम सुरु गरिसकेको बताउनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले डेढ वर्षभित्र तीन तहको निर्वाचन सम्पन्न नभए मुलुकमा अर्को सङ्कट उत्पन्न हुने खतरा रहेको औँल्याउनुभयो । उहाँले वर्तमान सरकारकोे गठबन्धनले आफ्नो दलसँग गरेको सहमति कार्यान्वयन गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।