काभ्रेमा बस दुर्घटना

243

काभ्रेमा बस दुर्घटना

accident

काठमाडौँ, ३१ साउन । काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा२ख १०६ नं को कोसीपारि यातायातको यात्रुबाहक बस काभ्रेको बिर्तादेउरालीमा दुर्घटना भएको छ ।

सो दुर्घटनामा ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ । “जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार दुर्घटनास्थलबाट हालसम्म १५ जनाको शव निकालिएको छ । दुर्घटनास्थल अत्यन्त अप्ठ्यारो भिरमा भएकाले उद्धारमा निकै कठिनाइ भइरहेको छ ।”

दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी नै रहेको छ ।