तीन महिनाभित्र सबै पिएचसीमा चिकित्सक पठाइने

653

तीन महिनाभित्र सबै पिएचसीमा चिकित्सक पठाइने

doctor steskope

काठमाडौँ, ३१ साउन । स्वास्थ्य मन्त्रालयले तीन महिनाभित्र सबै प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)मा चिकित्सक पठाउने गरी गृहकार्य गरेको जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि गत साउन २० गते स्वास्थ्य मन्त्रालयलाई सबै पिएचसीमा चिकित्सक पठाउन निर्देशन दिएपछि सोहीअनुरुप गृहकार्य तीव्र पारिएको हो ।

स्वास्थ्य सचिव डा सेनेन्द्रराज उपे्रेतीले स्वास्थ्य केन्द्रमा चिकित्सक पु¥याउन समस्या नभए पनि सोहीअनुरुपको सुविधा व्यवस्थापन गर्न भने चुनौती भएको बताउनुभयो । उहाँले भन्नुभयो– “अहिलेको महँगो शुल्कमा पढेर आएकाले उनीहरुलाई ग्रामीण क्षेत्रमा पठाउन पहिलो चुनौती छ । पिएचसीमा बिरामीको कमी हुने भएकाले बिरामी नहुँदा अनुभवको कमी हुन्छ ।”

अहिले ७५ जिल्लामा २०४ प्राथमिक स्वास्थ्य केन्द्र छन् । तीमध्ये २६ स्वास्थ्य संस्थामा एकजना पनि डाक्टर छैनन् । ४१ स्वास्थ्य संस्थामा भने तीनभन्दा बढी डाक्टरले काम गरिरहेको मन्त्रालयका लेखा अधिकृत सुरेश शर्माले जानकारी दिनुभयो । मन्त्रालयले प्रत्येक पिएचसीमा कम्तीमा दुईजना डाक्टर पठाउने गरी तयारी थालेको छ ।

अहिले मन्त्रालयलाई दुई पिएचसीमा २०० चिकित्सक पठाउन भने सजिलो छ किनभने प्रत्येक वर्ष सरकारी छात्रवृत्तिमा पढेका ३५० भन्दा बढी डाक्टर उत्पादन हुन्छन् । उनीहरुलाई कम्तीमा दुई वर्ष दुर्गम क्षेत्रमा गई काम गर्नैपर्ने प्रावधान छ ।

अहिले सरकारले छात्रवृत्ति, करार स्थायी दरबन्दीमा चिकित्सकलाई स्वास्थ्य संस्थामा पठाउने गरेको छ । तीमध्ये चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, बिपी कोइराला राष्ट्रिय प्रतिष्ठान, काठमाडौँ विश्वविद्यालयलगायतबाट छात्रवृत्तिमा पढेका ३५० भन्दा बढी एमबिबिएस चिकित्सकलाई सरकारले तलब दिएर सम्पूर्ण सेवा सुविधासहित दुर्गम स्वास्थ्य संस्थामा पठाउने गर्छ ।