करेन्ट लागेर बुटवलमा दाजुभाईको मृत्यु

636

करेन्ट लागेर बुटवलमा दाजुभाईको मृत्यु

14054711_529865587201025_329620157_n

बुटवल,विधुतको लाईन चुड्एिर करेन्ट लाग्दा आज मंगलबार बुटवलमा दुई बालकको ज्यान गएको छ ।

बुटवल १२ कालिकानगर अभियान पथमा साईकलमा हिडिरहेका सहोदर दाजुभाइ माथी एक्कासी खसेको विधु्त तारबाट करेन्ट लागेको हो ।

विधुत् प्रवाह भैरहेको तार एक्कासी चुड्एिर उनिहरु माथी खसेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । यसरी ज्यान जानेमा १० बर्षिय रोहित क्षेत्री र ६ बर्षिय रोहन क्षत्री रहेका छन् ।

विद्यालयमा शैक्षिक हड्तालका कारण विदा भएपछि उनिहरु साईकलमा घुम्न निश्किएको पारिवारिकले जनाएको छ । विधुत् प्राधिकरणको जिर्ण बनेको विधुत् सप्लाईका कारण दिनहु जसो विधिन्न खालका घटनाहरु भैरहका छन्. ।

14011767_529865987200985_4472535_n

 

 

14030778_529865980534319_1006187080_n