मृतकका परिवारलाई उचित क्षतीपूर्तिको माग

353

मृतकका परिवारलाई उचित क्षतीपूर्तिको माग

child death (2)
बुटवल, १ भदौ । हाईटेन्सन लाईनको तार चुँडीएर मंगलबार दुई वालकको ज्यान गएपछि नेपाली काँग्रेस बुटवल नगर समितिले परिवारलाई उचित क्षतीपूर्ती उपलब्ध गराउन नेपाल बिद्युत प्राधिकरणसंग माग गरेको छ ।

विद्युत प्राधिकरणको लापरवाहीका कारण उक्त घटना भएको हुन सक्ने तर्फ उसले संकेत गर्दै के कती कारणले हाईटेन्सन लाईनको तार चुडिएको हो ? तथ्य सार्वजनिक गर्न आग्रह गर्दै आगामी दिनमा यस्ता दुर्घटना नहुने गरी व्यबस्थापन गर्न पनि माग गरिएको छ ।

काँग्रेस बुटवल नगर समितिले बुधबार एक विज्ञप्ती जारी गरी आगामी दिनमा यस्ता दुर्घटना हुन नदिका लागि उच्च गुणस्तरीय सामानको प्रयोग गर्न बिद्युत प्राधिकरणसंग माग गरिएको छ । नगर सभापति खेलराज पाण्डे र सचिव ज्योती भण्डारीद्वारा जारी विज्ञप्तीमा बिद्युत प्राधिकरणका कर्मचारीले उच्च सतर्कताका साथ काम गर्नु र हाईटेन्सन लगायत जोखिममा रहेका बिद्युत तारको उचित व्यबस्थापन गर्न समेत माग गर्नुभएको छ ।

मंगलबार दिउँसो बुटवल १२ कालिकानगर स्थित अभियान पथमा हाईटेन्सन लाईनको तार चुँडीदा सडकमा यात्रा गर्दा थकाई मादै गरेका तिलोत्तमा २० सखुवानीका गोपाल क्षेत्रका छोराहरु १० वर्षीय रोहित र ६ वर्षीय रोहनको ज्यान गएको थियो ।