काठमााडौँ, १ भदौ । यातायातमा आलोपालो प्रथा (सिन्डिकेट) खारेजीको माग गर्दै नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)ले आज नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि प्रदर्शन ग¥यो ।
यातायातमा सिडिकेन्ट हाबी भई दुर्घटना बढेको देखिएकाले खारेजीको माग गर्दै प्रदर्शन गरिएको क्रान्तिकारीका सचिवालय सदस्य डिबी साउदले जानकारी दिनुभयो । उहाँका अनुसार यातायातमा एकाधिकार रहँदा पुराना गाडी चल्ने गरेको र ती पुराना गाडी दुर्घटना भएर धेरैको ज्यान गएको देखिएको छ ।
क्रान्तिकारीसम्बद्ध विद्यार्थीहरुले ‘यातायातमा भएको आलोपालो प्रथा तुरुन्तै खारेज गर’, ‘यात्रुवाहक सवारीमा समानको ढुवानी गर्नेलाई कारबाही गर’, आलोपालो प्रथा दादा गिरी र विद्यार्थीको खबरदारी’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।