छोरीको उज्ज्वल भविष्य कसैले रोक्न सक्दैन : सभामुख

147

छोरीको उज्ज्वल भविष्य कसैले रोक्न सक्दैन : सभामुख

onsari

काठमाडौँ, १ भदौ । सभामुख ओनसरी घर्तीले नेपालका महिलालाई नीति निर्माणको नेतृत्व तहमा पुग्न अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

नेपाल प्रहरी श्रीमती सङ्घको ३२औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सभामुख घर्तीले नयाँ बनेको संविधानले महिलालाई सामाजिक र राजनीतिक विभेदबाट मुक्त गरेको बताउँदै संविधान कार्यान्वयनमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।

अहिले कायम रहेको राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखमा महिलाको नेतृत्वको फेरि अवसर पाउँछन् कि पाउँदैनन् भन्ने गम्भीर प्रश्न उठिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “ढुक्क हुनुहोस्, छोरासरह छोरीलाई पनि शिक्षामा अवसर दिनुहोस् । अब नेपालमा छोरीको उज्ज्वल भविष्य कसैले रोक्न सक्दैन ।”

सङ्घले प्राकृतिक प्रकोपमा सहयोग, लागुऔषध नियन्त्रण र समाजसेवा लगायतका क्षेत्रमा गर्दै आएका आफ्ना गतिविधिलार्ई निरन्तरता दिन सभामुखले आग्रह गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सङ्घलाई वार्षिकोत्सवको शुभकामना दिँदै आगामी दिनमा पनि सङ्घ मानवीय र सामाजिक कार्यमा सक्रियतापूर्व सहभागी हुने आशा व्यक्त गर्नुभयो ।

सङ्घका अध्यक्ष रोशी अर्यालले सङ्घले आफ्ना सदस्यका लागि सीपमूलक तालिम, छोराछोरीलाई छात्रवृत्तिलगायतका सामाजिक कार्य गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न व्यक्तिलाई पुरस्कृत गरिएको थियो ।