सङ्कट गहिरिए सैनिक शासन : राष्ट्रपति

228

सङ्कट गहिरिए सैनिक शासन : राष्ट्रपति

ukren

किभ, ३ भदौ । यक्रेनी राष्ट्रपति पेट्रो पारोसेन्कोले युक्रेनमा गएको केही दिनयतादेखि सङ्कट गहिरिएको पाइएको भन्दै यदि यस्तै अवस्था कायम रहेमा देशमा सङ्कटकाल वा सैनिक कानुन लगाइने धारणा सार्वजनिक गर्नुभएको छ । उहाँले भन्नुभयो– मुलुकको पूर्वी क्षेत्रमा जारी रहेको विद्रोहका कारण पछिल्लो समयमा देशमा सङ्कट गहिरिएको छ र यही अवस्था कायम रहने हो भने मार्शल ल लगाउन पनि सकिन्छ ।

सो देशको पूर्वी क्षेत्र र क्राइमियामा मार्शल कानुनको सम्भावना रहेको बारेमा यसअघि पनि समाचार आएको थियो । त्यस समाचारको पुष्टि शुक्रबार राष्ट्रपति पोरोसेन्कोले गर्नुभएको हो । राष्ट्रपति पोरोसेन्को युक्रेनको पश्चिमी भूभागको भ्रमणका लागि शुक्रबार त्यसतर्फ जानुभएको थियो । त्यस क्रममा उहाँले त्यहाँ उपस्थित सम्वाददाताहरुको जिज्ञासामा सो प्रतिक्रिया दिनुभएको बताइएको छ ।

उहाँले सो धारणा राख्नुभएको अघिल्लो राति अथवा गएराति युक्रेनको पूर्वी क्षेत्रमा ठूलो हमला भएको थियो । युक्रेनको सैनिकले सो आक्रमणमा ठूलो क्षति भएको हुनसक्ने जनाएको छ । तर यस बारेमा यकिन तथ्याङ्क भने आउन सकेको छैन । युक्रेनको पूर्वी भूभागमा त्यहाँका नागरिकले आफूहरुले पनि यसअघि क्राइमिया क्षेत्रका नागरिकलेजस्तै रसियाली भूभागमा सो क्षेत्रलाई मिलाउन पाउनुपर्ने माग राख्र्दै विद्रोह गरिरहेका छन् ।

यसैबीच यो आक्रमण र हिंसा जारी नै रहेका बेला रसियाले यक्रेनको सिमानामा थप सैन्य सतर्कता बढाएको बताएको छ । युक्रेनको पूर्वी भागमा जारी हिंसाका कारण पछिल्लो समयमा युक्रेन र रसियाका बीचमा तनाव उत्पन्न हुदै आएको बताइएको छ । रसियाले हालैका दिनहरुमा सो क्षेत्रमा सैनिक तैनाथ गरेको बताइन्छ । तर पनि रसियाले आफ्नो देशको सीमामा यसरी सेना राखेको तर युक्रेनी भूभागमा नराखेको बताउदै आएको छ ।

रसियाले क्रिमियामा उत्तेजक क्रियाकलापहरु हुने गरेको भन्दै त्यसका विरुद्धमा सेना राख्नुपरेको बताएको हो । तर पनि यसका कारण आफूले तनाव भोग्नु परेको भन्दै रसियाले सीमा क्षेत्रमा सेनाका अतिरिक्त अन्य विभिन्न मापदण्ड पनि अपनाउने जानकारी पनि दिएको छ ।

युक्रेनको पूर्वी भूभागमा पछिल्लो समयमा युक्रेनी नागरिकले विद्रोह गरिरहेका छन् । रसियाली मूलका युक्रेनी नागरिकले सो पूर्वी भूभागलाई रसियासँग मिलाउनुपर्नै भन्दै माग गर्दै आएका छन् । सो कार्यका लागि रसियाको घुसपैठ रहने गरेको आरोप युक्रेनको रहेको छ । तर पनि रसियाले भने सो आरोपको खण्डन गर्दै आएको छ ।

रसियाले सैनिक घुसपैठ युक्रेनतर्फ गराउने गरेको आरोप युक्रेनको छ । यसअघि युक्रेनले उक्त दङ्गाग्रस्त पूर्वी भूभागमा रसियाको सेना नै रहेको बताएको थियो ।