दुर्घटनामा दुईको मृत्यु

284

दुर्घटनामा दुईको मृत्यु

परासी, ३ भदौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा आज भएको फरक फरक सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

नवलपरासीको अरुणखोलामा कार र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार नवलपरासी बर्दघाट नगरपालिका–३ बस्ने ३५ वर्षीय दीपेन्द्र चौधरी र पञ्चराम कुमालको घटनास्थलमै मृत्यु भएकोे प्रहरीले जनाएको छ । ठक्कर दिने कार प्रहरी नियन्त्रणमा छ ।

नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बा१२च ३९६७ नंको कार र विपरीत दिशाबाट आउँदै गरेको ना१५प ६५९३ नंको मोटरसाइकल ठोकिँदा सो दुर्घटना भएको थियो ।

यसैबीच नवलपरासीको चोरमारा जङ्गलमा बसले कारलाई ठक्कर दिँदा ११ जना घाइते भएका छन् । पश्चिमबाट पूर्व गइरहेको लु१ख ९२४१ नंको बसले सोही दिशाबाट गइरहेको लु१च २२८० नंको कारलाई ठक्कर दिएपछि बस अनियन्त्रित भई पल्टिएको थियो ।

घाइतेको स्थानीय स्वास्थ्य संस्था र चितवनका स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।