गाँजा सहित पक्राउ

211

गाँजा सहित पक्राउ

काठमाडौं, ३ भदौ । प्रहरीले नागढुङ्गास्थित चेकप्वाइन्टबाट ८०० ग्राम गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ ।

बा ३ ख १३५९ नंको बसमा सवार काठमाडौंँ महानगरपालिका–२४ न्युरोडका १९ वर्षीय आशिष स्थापित र काठमाडौं महानगरपालिका–३५ बानेश्वरका १९ वर्षीय फिडल पौडेललाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका–१४ सतुङ्गल बस्दै आएका सल्यान, खलङ्गा–८ का ४६ वर्षीय जितबहादुर सन्जवाल क्षेत्रीको आज आफू बस्ने घरको दोस्रो तलाबाट खस्दा घटनास्थलमै मृत्यु भएको छ ।