नाई संघमा नया नेतृत्व

288

नाई संघमा नया नेतृत्व

nai

बुटवल, ८ भदौ । नेपाल नाइसंघ बुटवल नगरसमितिको सातौं अधिवेशनबाट नया नेतृत्व चयन भएको छ ।

संघका अध्यक्ष दुर्गा ठाकुरको अध्यक्षता तथा ट्रेड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठको अतिथ्यतामा भएको अधिवेशनले विनोद ठाकुरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा असोक ठाकुर, सचिवमा दुर्गेस ठाकुर सहसचिवमा रामबहादुर ठाकुर तथा कोषाध्यक्षमा राम निवास ठाकुर रहेका छन् ।

संघको कार्यसमिति सदस्यहरुमा विनोद ठाकुर सुनिल ठाकुर, जयस महमोद, प्रलाद ठाकुरलगाएत रहेका छन् । अधिवेशनबाट नवनिर्वाचित कार्य समितिले लतन ठाकुर, रामचन्द्र ठाकुर र रामानन्द ठाकुरलाई सल्लकारमा मनोनित गरेको छ ।