संविधान खारेज गर्नुपर्छ : वैद्य

529

संविधान खारेज गर्नुपर्छ : वैद्य

Baidha

बुटवल, ९ भदौ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्यले पार्टीले नव जनवादी क्रान्तिको तयारी गरिरहेको बताउनु भएको छ । जारी संविधान दक्षिणपन्थी नवसंशोधन वादमा आधारित २०४७ कै निरन्तरता भएकाले त्यसलाई कदापी स्वीकार्न नसकिने बताउँदै उहाँले उक्त संविधानलाई खारेज नै गर्नुपर्ने जिकिर गर्नुभयो ।

बिभिन्न जात जाती तथा वर्गलाई नसमेटिएको भन्दै शंसोधन तथा पुनर्लेखनको कुरा आएपनि संशोधन वा पुनर्लेखन गरेर नहुने उल्लेख गर्नुभयो । जारी संविधानले राष्ट्रियता जनतन्त्र र जनजिविकाको कुरालाई नसमेटेकाले त्यसकैलागि उक्त पार्टीले जनवादी क्रान्तिको तयारी गरिरहेको बताउनु भयो ।

पार्टीको राष्ट्रिय भेला तथा केन्द्रीय समितिले गरेका निर्णयका बारेमा कार्यकर्तालाई प्रशिक्षण गर्न बुटवल आउनु भएका अध्यक्ष बैद्यले क्रान्तिकारी पत्रकार महासंघले आज बिहान आयोजना गरेको पत्रकारहरुसंगको भेटघाटमा मुलुकमा पुरानै राजनीतिक धारलाई टिकाई राख्ने र आफूले हालीमुहाली गर्ने तथा पुरानो राजनीतिक धारलाई झुकाउने दुई धारमा मुलुक रुमलिएको बताउनु भयो ।

आफ्नो पुरानो पार्टी माओवादी केन्द्र पनि पुरानै राजनीतिक धारलाई बचाउने कित्तामा उभिएको उहाँले आरोप लगाउनु भयो । दश वर्षे लामो ससस्त्र युद्धमा बगेको रगत र सहादत्तको मुल्य पाउन नसकिएको उल्लेख गर्दै उनीहरुको रगतको सम्मानकालागि पनि जनवादी क्रान्ति आवश्यकले रहेको बताउनु भयो ।

पार्टीबाट नेत्रबिक्रम चन्द र रामबहादुर थापाको बहिरगमनलाई स्वभाविक भएको टिप्पणी गर्दै आफूले सञ्चालन गर्ने नव जनवादी क्रान्तिबाट सावा ब्याज सम्मको हिसाव किताव हुने चेतावनी दिनुभयो । उक्त पार्टीले सुरु गर्ने भनेको नव जनवादी क्रान्तिको अवको ५÷७ वर्ष भित्रमा राम्रो आधार बन्ने बताउँदै उहाँले भन्नुभयो–‘आवश्यक परे ससस्त्र कान्ति पनि हुन सक्छ ।’

भारतले नेपाल माथि लगाएको नाकाबन्दी पछि राष्ट्रियताको रक्षाकालागि असमान सन्धी सम्झौता खारेज गर्न आग्रह गर्दा तत्कालिन प्रधानमन्त्री केपी ओलीले ‘काँचो सुन्तला नखाँदै यो चाला, खाए कुन चाला’ भन्ने गितले जवाफ फर्काएको स्मरण गर्दै भारतका सामु कुनै पनि सरकारले केही गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले असमान सन्धी संझौता खारेज नहुँदा सम्म भारतले नेपाल माथि गर्ने व्यबहार हेपाहा प्रबृत्तिको हुने उल्लेख गर्नुभयो ।

वर्तमान सरकारले दुई उपप्रधानमन्त्री विमलेन्द्र निधी र कृष्णबहादुर महरालाई बिशेष दुतका रुपमा भारत र चिन पठाएको कुराले पनि मुलुककालागि राम्रो संकेत नगरेको टिप्पणी गर्नुभयो । कार्यक्रम क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष टेक मास्की रानाको अध्यक्षतामा भएको थियो ।