कांग्रेसबाट कसलाई कुन मन्त्रालय

1.3K

कांग्रेसबाट कसलाई कुन मन्त्रालय

congress

काठमाडौँ, ९ भदौ । नेपाली काँग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुङ्गो लगाएको छ । नेताहरुबीच आज भएको छलफलपछि मन्त्रीको टुङ्गो लागेको हो ।

यो सँगै प्रचण्ड सरकारमा कांग्रेसको भागमा १५ मन्त्रालय परेका छन्। यसअघि १३ मन्त्रालय दिने समझदारी भए पनि आन्तरिक भागवण्डा मिलाएर मन्त्रालय थपिएको छ। जसमध्ये देउवाको भागमा ८, रामचन्द्र पौडेलको भागमा ५ र सिटौला समूहको भागमा एउटा र खुमबहादुरको भागमा मन्त्रालय परेको छ ।

काँगे्रसबाट सरकारमा सहभागी हुनेमा अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, बालकृष्ण खाँड, केशवकुमार बुढाथोकी, गगनकुमार थापा, शङ्कर भण्डारी, सीतादेवी यादव, हृदयराम थानी, रोमी गौचन, दीपक गिरी, नवीन्द्रराज जोशी, जीवनबहादुर शाही र सूर्यमान गुरूङ रहुनभएको छ । शुक्रबार मन्त्रालयको टुङ्गो लागेसँगै मन्त्रीको शपथ हुने काँग्रेसले जनाएको छ ।

काँग्रेसबाट यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा निधि र भौतिक योजना तथा यातायातमन्त्रीका रुपमा रमेश लेखक नियुक्त भइसक्नुभएको छ ।

कसलाई कुन मन्त्रालय

  • अर्जुननरसिंह केसी- सहरी विकास
  • प्रकाशशरण महत-परराष्ट्र
  • बालकृष्ण खाँड- रक्षा
  • गगन थापा- स्वास्थ्य
  • सूर्यमान गुरूङ-श्रम तथा रोजगार
  • केशवकुमार बुढाथोकी- सामान्य प्रशासन
  • रोमि चौचन थकाली- बाणिज्य
  • सीतादेवि यादव- शान्ति तथा पुनर्थापना
  • जीवनबहादुर साही- पर्यटन
  • दीपक गिरी-सिँचाइँ
  •  नविन्द्रराज जोशी- उद्योग
  • शंकर भण्डारी- बन
  • हृदयराम थानी- सहकारी तथा गरिवी निवारण