
काठमाडौं,असोज/संविधान जारी भएपछि मधेस आन्दोलनलाई कारण देखाउँदै नेपालमा सुरु गरेको ‘अघोषित नाकाबन्दी’ खोल्न भारतीय विदेश मन्त्रालयले सरोकारसम्बद्ध निकायलाई निर्देशन दिएको छ। ‘शनिबारदेखि सबै नाकामा आवातजावत सहज बनाउन भारतीय विदेश मन्त्रालयले निर्देशन दिएका छ,’ परराष्ट्र मन्त्रालय स्रोतले लुम्बिनिअनलाईन लाई भन्यो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्यूयोर्कबाट फर्किएपछि सुरु भएको परामर्श तथा नेपालको संविधानमा अघि बढेको संशोधनको सहमति हेरेर तत्काल लागू हुने गरी नाका खुला गरिएको स्रोतले जनायो। भारतबाट नेपाल सामान ढुवानी हुने मुख्य नाकाहरुमा बीरगञ्ज, भैरहवा, विराटनगर, काँकडभिट्टा, कञ्चनपुर आदि हुन्। संविधानमा विभिन्न असहमति जनाउँदै मधेसवादी दलले सीमा नाकामा अवरोध गर्दै आएका छन्।