भूपूहरुको योगदानलाई राज्यले चिनेन : एमएस

940

भूपूहरुको योगदानलाई राज्यले चिनेन : एमएस

vupu news

बुटवल ,असोज/संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष एम.एस. थापामगरले भूपूहरुको योगदानलाई राज्यले कदर गर्न नसकेको बताउंनु भएको छ । ०७ सालको आन्दोलनदेखि हरेक लोकतान्त्रिक आन्दोलनमा भूपूहरुको ठुलो योगदान रहेको तर राज्यले उनीहरुलाई सम्मान गर्न नसकेको उहांले गुनासो गर्नुभयो ।

राष्ट्रिय भूतपूर्व सैनिक संगठनको तेस्रो राष्ट्रिय भेलाको आज बुटवलमा उद्घाटन गदैं अध्यक्ष थापामगरले सो कुरा बताउंनु भएको हो । पूर्व मन्त्री समेत रहनुभएका थापाले भूपूको योगदानलाई सम्मान गर्न नसक्ने सरकारले जारी गरेको संविधानले सबैका भावनाको कदर गर्ने नसक्ने ठोकुवा गर्नुभयो ।

उहांले अब विभेदमा पारिएका सबैका अधिकार स्थापित गर्न सशक्त आन्दोलनको विकल्प नभएको जिकिर गर्नुभयो । पार्टीका वरिष्ठ सहअध्यक्ष परशुराम तामाङले भूपूहरुको समस्याका लागि पार्टी लड्ने बताउंदैं विभेदकारी कानून र राज्यका विरुद्ध विद्रोहको विकल्प नभएको बताउंनु भयो ।

७० प्रतिशत जनता संविधानको विरोधमा रहेको र यही बेलामा के.पी. ओली प्रधानमन्त्री भए देश व्रवादीको दिशामा जाने उहांले दावी गर्नुभयो । उहांले देशलाई हरिकंगाल बनाउंने अहिलेका शासकलाई शासन चलाउंने कुंनैं अधिकार नभएको भन्दैं आन्दोलनकारीलाई सक्ता हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।

पार्टी संगठन विभाग सचिव रामु परियारले राजर्नैतिक पहिचानको लडाईमा एकजुट हुंन सबैसंग आग्रह गदैं जारी संविधान पार्टीले नमान्ने बताउंनु भयो । संगठनका केन्द्रीय अध्यक्ष क्या.भिमबहादुर रानाको अध्यक्षता,महासचिव सु.ज्ञानबहादुर थापाको संचालन तथा वरिष्ठ उपाध्यक्ष क्या.खड्कबहादुर थापाको स्वागतमा भएको उद्घाटन शत्रमा राष्ट्रिय महिला मोर्चाका केन्द्रीय अध्यक्ष होमाया गुरुङ,युवा मोर्चाका केन्द्रीय अध्यक्ष बोमबहादुर दर्लामी,पार्टीका केन्द्रीय सदस्य कमला थापा,रुपन्देही अध्यक्ष झमबहादुर गुरुङ लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम अघि संगठनले राजमार्ग चौराहको लखनचोकबाट र्याली निकालिएको र उक्त र्यालीले बुटवल बजार परिक्रमा गरि बुटवलको मिडिया चोकमा पुगेर सभामा परिणत भएको थियो ।