
बुटवल, ३ कात्तिक । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा एनआईसियु सेवा सुरु भएको छ । यसक्षेत्रको पुरानो अञ्चल अस्पतालमा यो सेवा संञ्चालन भएपछि यस क्षेत्रका बालबालिका हरुलाई राहत पुग्ने भएको छ ।
आठ बेडको एनआईसियु संञ्चालन भएपछि लुम्बिनी अञ्चल अस्पतालमा सुत्केरी हुने महिलाबाट जन्मने वालबालिका हरुलाई समेत राहत हुने भएको छ । अस्पतालमा जन्मेका २८ दिनसम्मका बच्चालाई एनआईसियुमा राखेर उपचार गरिने अस्पतालले जनाएको छ । लुम्बिनी अञ्चल अस्पतालका मेसु डा बिकास देबकोटाका ले भने नेपाल सरकार तथा अस्पताल बिकास समितिको लगानीमा उक्त सेवा संञ्चालन भएको छ।
करिब १ करोडको लगानीमा सेवा संञ्चालनमा ल्याईएको छ। २४ घन्टानै यो सेवा उपलब्ध हुने आबश्यक वाल विज्ञ मेडिकल अधिकृत र १२ जना स्टाफ नर्स सहित २२ जनाउक्त बिभागमा कार्यरत रहेको डा देबकोटाले बताए । अस्पतालका प्रमुख डा देबकोटाले भने वालमृतृदर घटेपनि शिशु मृत्यु दर नघटेकोले यो क्षेत्रमा शिशुमृत्युदर घटनसहयोग पुग्ने बताए ।
सरकारी अस्पतालमा संञ्चालन भएको यो सेवा गुणस्तरिय तथा सस्तो भएको समेत डा देबकोटाले बताए । औपचारीक रुपमा उदघाटन नभएपनि आजबाट सेवा दिन सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । लुम्बिनी अञ्चल अस्पतालमा १४ जिल्लाका बिरामी उपचार गर्न आउने गर्दछन ।