लिटिल अप्टोमेट्री प्रशिक्षण

1.3K

लिटिल अप्टोमेट्री प्रशिक्षण

lilti2

देवदह, १५ मसिंर । लिटिल अप्टोमेट्रि सम्बन्धि प्रशिक्षणात्मक कार्यक्रम रुपन्देहीको देवदहमा शुरु भएको छ । नेपाल अप्टोमेट्रि सोसाइटी चिकित्सा शास्त्र महाराजगञ्ज काठमाण्डौको आयोजनामा उक्त कार्यक्रम शुरु भएको हो ।

मूख्यतया स्कुल तहका बालबालिकाहरुलाई दृष्ट्रिको बारेमा शैद्धान्तिक एवम् प्रयोगात्मक ज्ञान दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रममा दृष्ट्रि विशेषज्ञ सुरज क्षेत्रीले देवदह क्षेत्रका १२ वटा बिद्यालयका बिद्यार्थीहरुलाई ४ जनाका दरले समावेश गराई प्रशिक्षण दिन लागिएको बताउनुभयो  ।

lilti3

उहाले चस्मा लगाउनुपर्ने समस्या, मोतिया बिन्दु, जलबिन्दु कसरी हुन्छ, छड्के आँखा कसरी हुन्छ भन्ने लगायतका विषयमा प्रशिक्षण दिइने बताउनुभयो । कार्यक्रममा केरवानी माध्यमिक बिद्यालयका, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नमराज पुरी, देवदह आर्दश बहुमुखी क्याम्पसका अध्यक्ष जीवलाल पराजुली, क्याम्पस प्रमुख दुर्गादत्त शर्मा, रेडियो देवदहका अध्यक्ष कृष्णप्रसाद पौडेल, कार्यक्रम दृष्ट्रि विशेषज्ञ अनिश खराल टक सुनार लगायतले बोल्दै आँखा मानविय जीवनको महत्वपुर्ण अङ्ग भएकाले यस्तो किसीमको कार्यक्रमले बिद्यार्थीहरुलाई दृष्ट्रिविहिनता सम्बन्धमा थप जानाकारी हासिल हुने बताएका थिए ।

एक हप्तासम्म प्रशिक्षण रहने कार्यक्रममा दृष्ट्रि विशेषज्ञ अनिश खराल, अर्जुन सापकोटा, विकास सापकोटा, जिज्ञाशा ढकाल, सविना पौडल र सुरज क्षेत्रीले प्रशिक्षण दिनुहुनेछ  ।