
बुटवल, १८ मंसिर । नेपाल सरकारले बिद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको हुँदा प्याव्सन रुपन्देहीले बालबालिकालाई बिद्यालयमा आवत जावतमा सहज वातावरण मिलाई दिन आन्दोलनरत पक्षलाई आग्रह गरेको छ ।
पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याउने संशोधन प्रस्ताव बिरुद्ध भएको आन्दोलनमा आफूहरुको ऐक्यवद्धता भएपनि शैक्षिक संस्था पूर्ण रुपमा बन्द भएको प्रति प्याब्सन रुपन्देहीको ध्यानकर्षण भएको आज विज्ञप्ती जारी गरी उल्लेख गरिएको हो ।
विज्ञप्तीमा भनिएको छ–‘नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको सन्दर्भमा बालबालिकाको पठन पाठन गर्न पाउने नैशर्गिक अधिकारलाई मध्येनजगर गर्दै बालबालिकालाई घरदेखि बिद्यालय सम्म र बिद्यालयदेखि घरसम्म आवतजावत गर्ने वातावरण मिलाईदिन आन्दोलनरत पक्षसंग अपिल गर्दछौं ।’
प्याब्सन रुपन्देहीका कार्यवाहक अध्यक्ष लेखनाथ पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा त्यसको मध्येस्तता गरिदिन जिल्ला प्रशासन कार्यालय र शिक्षा शिक्षा कार्यालयलाई अनुरोध गरिएको छ ।