देवदह, २९ मंसिर । रुपन्देहीको देवदहमा जिल्लास्तरिय क्रिकेट खेल मैदानको निमार्ण कार्य सम्पन्न भएको छ ।
देवदहको स्मृती सामुदायिक वनको परिसरमा रहेको करिब ४ बिगाहा क्षेत्रफलमा उक्त खेलमैदानको निमार्ण कार्य सम्पन्न गरिएकोे हो । देवदह नगरपालिकाको आर्थिक सहयोग र स्थानिय युवाहरुको सहकार्यमा खेल मैदानको निमार्ण कार्य भएको देवदह क्रिक्रेट युनिटका अध्यक्ष रवि रेग्मीले बताए ।

मुख्यतया एकेडमी बनाउने उद्धेश्यले खेल मैदानको निर्माण तिब्र रुपमा थालिएको समेत उनले जनाकारी दिए । खेलमैदान भैरहवा रङ्गशाला पछिको दोश्रो ठूलो खेलमैदान हुने उनले बिश्वास व्यक्त गरे । साथै खेल मैदानको निर्माणपछि रुपन्देही क्रिकेट एशोसियसनको समेत ध्यानाकर्षण हुने उल्लेख गरिएको छ ।
देवदह क्रिकेट युनिटले क्षेत्रीयदेखि राष्ट्रियस्तर सम्मका खेलाडीहरु उत्पादन गर्दै आएको अध्यक्ष रेग्मीले बताए । देवदह क्रिकेट युनिटले हालसम्म वडा कप, मदन भण्डारी स्मृति कप र जिल्ला स्तरिय अन्तर बिद्यालय नक आउट क्रिकेट प्रतियोगिताहरु गर्दै आइरहेको छ ।