
बुटवल, ७ पुस । शिक्षा मन्त्री धनिराम पौडेलले नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरको आज अवलोकन गर्नु भएको छ ।
अवलोकनको क्रममा मन्त्री पौडेलले समाजले सामुदायिक विद्यालयलाई विश्वास गर्न नसकेको अवस्थामा पनि उत्कृष्ट नतिजा दिन सफल भएकोमा प्रशंसा गर्दै मन्त्रालय र जिल्ला शिक्षा कार्यालयले पनि निरन्तर सहयोग गर्ने धारणा ब्यक्त गर्नुभयो । विद्यालयका प्रद्यानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयको भौतिक अवस्था, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गरिने विभिन्न अनुसन्धान र विद्यालयका समस्या लगायतको बारेमा जानकारी गराउनु भएको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद खरेलको सभापतित्वमा केशवराज पन्थको संचालनमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री हकिकुल्ला खाँ, रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, शिक्षा मन्त्रालयका उप–सचिव बद्री बहादुर पाठक, माओवादी केन्द्रका हरि घिमिरे, कृष्ण पोखरेल, ओवनाथ पाण्डे, शिक्षक स्टाफ, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
