
बुटवल, १२ पुस । पारदर्शी सरोकार समूह बुटवलको आयोजना तथा पारदर्शी सुशासन क्लव भैरहवा नमुना क्यँम्पसको सहआयोजनामा भैरहवामा बक्तृत्वकला प्रतियोगिता भएको छ ।
भैरहवा नमुना क्यँम्पसका कक्षा ११ र १२ का १२ जना बिद्यार्थीका बिचमा भएको प्रतियोगितामा चिफ यादब प्रथम, करिना कुवर द्वितिय, युदिष्ठ ज्ञवाली तितृय तथा सत्यमिला गौंडले सान्त्वना स्थान हासिल गरेको पारदर्शी सुशासन क्लव क्लवकी पार्बती पौडेलले जानकारी दिइन् ।
सुशासन प्रबद्र्धनमा युवाको भूमिका बिषयमा बक्तृत्वकला भएको हो । उनीहरुलाइ पुरस्कार प्रदान गरिएको छ । भैरहवा नमुना क्यँम्पसका प्राचार्य टुमानाथ अर्यालको अध्यक्षता तथा पारदर्शी सरोकार समूह बुटवलका महासचिव महेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
सो अबसरमा महासचिव महेन्द्र पाण्डे, क्यँम्पसका प्राचार्य टुमानाथ अर्याल, निर्णायक तथा पारदर्शीका कोषाध्यक्ष दीपक ढकाल, क्यँम्पसी शिक्षक कमला ज्ञवाली लगायतले बोलेका थिए ।