प्याब्सन रुपन्देहीमा मिश्रीत नतिजा

1.3K

प्याब्सन रुपन्देहीमा मिश्रीत नतिजा


अध्यक्षमा पौडेल निर्वाचित
बुटवल, १२ पुस । नीजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन रुपन्देहीको अधिवेशनले लेखनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ नेतृत्व चयनकालागि आज भएको निर्वाचनबाट सय मत प्राप्त गरि पौडेल निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी हेमलाल शर्माले ७८ मत प्राप्त गर्नुभएको थियो । पौडेल र शर्माले छुट्टा छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिनु भएको थियो । वरिष्ठ उपाध्यक्षमा भने शर्मा प्यानलबाट अनन्तराम शर्मा निर्वाचित हुनु भएको छ । शर्माले ९९ मत प्राप्त गर्नुभएको थियो भने पौडेल प्यानलका प्रतिस्पर्धी लालहरी पाण्डेले ७४ मत प्राप्त गर्नुभएको थियो ।

बाँकी पदाधिकारीमा भने पौडेल प्यानलबाट उपाध्यक्षमा महेश भुर्तेल, सचिवमा लक्ष्मण ज्ञवाली, सहसचिवमा कपिलमणी ढकाल र राजु लोध तथा कोषाध्यक्षमा विनोदप्रसाद ज्ञवाली र सहकोषाध्यक्षमा कुलानन्द पाण्डे निर्वाचित हुनुभएको छ ।

कार्यसमिति सदस्यमा भने दुबै प्यानलबाट मिश्रीत परिणाम आएको छ । सदस्यहरुमा सविताकुमारी थापा, मायाँदेवी थापा, अमर थापा, ऋषिराम बस्याल, केएन सागर ज्ञवाली, गंगाराम तेली, नन्दलाल चौहान, भरत गिरी, भवानीप्रसाद भुसाल, मुकुन्दराज उप्रेती, मोहन सुनार, राजेन्द्र कुवँर, रामप्रसाद चौधरी, रामधनी मौर्य, श्रीराम यादव र शंकरप्रसाद भट्टराई निर्वाचित हुनु भएको छ ।

त्यस्तै लेखा समितिको संयोजकमा भोजराज पौडेल निर्वाचित हुनु भएको छ भने सदस्यहरुमा नन्दु लम्साल र श्यामसुन्दर पाल निर्बिरोध हुनु भएको छ । अनुशासन तथा सुपरिवेक्षण समितिको संयोजकमा बाबुराम पौडेल निर्वाचित हुनु भएको छ भने सदस्यहरुमा हेमराज कोईराला र रामसवुज यादव निर्बिरोध हुनु भएको निर्वाचन समितिले जनाएको छ ।