
बुटवल, १७ पुस । एम्स कलेज बुटवलको आयोजनामा आज रक्तदान भएको छ । बुटवल राजमार्ग चौराहामा अवस्थित एम्स कलेजले प्रत्येक वर्ष झै यस पटक पनि अंग्रेजी नयाँ वर्षको अवसरमा रक्तदान गरेको हो ।
एम्स स्कुल, एम्स एजुकेशन फाउण्डेसन, काउन्सिल अफ एम्स स्टुडेन्टस र आल्मुनाइ अफ एम्स स्टुडेन्टसको सहकार्यमा भएको कार्यक्रममा विद्यार्थी, कर्मचारी, प्राध्यापक लगायतले गरेको रक्तदानमा एक सय ३ युनिट रगत संकलन भएको क्याम्पस प्रमुख दीपक ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा रुपन्देही जिल्लाको सवैभन्दा बढी ५३ पटक रक्तदान गरिसकेका पूर्णचन्द्र सुवेदी, एम्स कलेजका संचालक समिति अध्यक्ष धनिश्वर गौतम, प्रवन्ध निर्देशक गोपाल प्रसाद न्यौपाने, रक्त संचार केन्द्रकी राधा ज्ञवाली, क्यासका अध्यक्ष रेजुना श्रेष्ठ, भूतपूर्व विद्यार्थीका अध्यक्ष उमानाथ अधिकारी, प्राध्यापक माधव कुमार पौडेल लगायतले रक्तदानको महत्व माथि प्रकाश पार्नुको साथै कलेजले गरेको सामाजिक कार्यको प्रशंसा गर्नुभएको थियो ।

कलेजका सहायक क्याम्पस विकाश श्रेष्ठको संचालन र क्याम्पस प्रमुख दीपक ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी, प्राध्यापक, शिक्षक , कर्मचारी एवं शुभ चिन्तकहरुको उपस्थिति रहेको थियो ।
कलेजले दुई वर्ष देखि रुपन्देही जिल्लाका शैक्षिक संस्थाहरुमध्ये सर्वोत्कृष्ट भइ नेपाल रेडक्रस सोसाइटी बाट पुरस्कार प्राप्त गरि सकेको छ । कार्यक्रम रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको थियो । साथै कलेजले नेपाली टोपी दीवस पनि मनाएको छ ।

