देवदहमा एन प्याब्सनको खेल सप्ताह

1.3K

देवदहमा एन प्याब्सनको खेल सप्ताह

बुटवल, २ माघ । रुपन्देहीको देवदहमा सोमबारदेखि छैठौं जिल्ला स्तरीय खेलकुद सप्ताह हुने भएको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन एन प्याब्सन रुपन्देहीको आयोजनामा हुने खेल सप्ताहमा रुपन्देहीका ३५ विद्यालयका १ हजार ७ सय २८ जना विद्यार्थीहरुले विभिन्न प्रतिस्पर्धामा सहभागिता जनाउने भएका छन् ।

एन प्याब्सनले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि खेल सप्ताहको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो । देवदहको पानबारी खेल मैदानमा तीन दिनसम्म संचालन हुने प्रतियोगितामा जुनीयरतर्फ ६ ईभेन्टस् र सिनियरतर्फ छात्र/छात्रा भलिवल, टेवलटेनिस, भलिवल, लगजम्प, हाईजम्प, सटफुट लगायतका खेलहरु हुने खेल संयोजक विष्णु पौडेलले जानकारी दिनुभयो ।

उहाँले  एन प्याब्सनले प्रत्येक वर्ष खेल लगायतका रचनात्मक कार्यक्रमहरु गर्दै आएको जानकारी  दिदै खेल सम्पन्न पार्नका लागि ३ लाख खर्च लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

१५ हजार विद्यार्थीका बिचमा विद्यालयमा भएको आन्तरीक प्रतिस्पर्धाबाट छनोट भएका प्रतियोगिहरु प्रतिस्पर्धा गर्ने खेल सप्ताहमा विजयी हुने विद्यार्थीहरुले शिल्ड ट्रफि तथा प्रमाण पत्रले पुरस्कृत गरिने संयोजक पौडेलले बताउनुभयो । त्यसैगरी विभिन्न ईभेन्टस्मा सहभागि भई विजयी भएका सम्पुर्ण विद्यार्थीलाई पनि पुरस्कृत गरिने छ ।

प्रतियोगिताको उद्घाटन जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले गर्ने कार्यक्रम समेत रहेको सदस्य जेवी क्षेत्रीले जानकारी दिनुभयो । एन प्याब्सनका कार्यबहाक अध्यक्ष देउप्रकाश राईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन होमनाथ ढुङ्गानाले गर्नु भएको थियो ।