मदरल्याण्डमा रक्तदान

1.3K

मदरल्याण्डमा रक्तदान

बुटवल, १२ माघ । बुुटवल २२ मोतिपूरमा रहेको मदरल्याण्ड इङ्लिस स्कूलको रजत जयन्ती शुरु भएको छ । आज रक्तदान कार्यक्रको आयोजना गरि रजत जयन्ती समारोहको उद्घाटन गरिएको छ ।

विद्यालय २५ वर्ष प्रवेश गरेको अबसरमा आजबाट शुरु भएको रजतजयन्त्री माघ २९ गतेसम्म संचालन हुने बिद्यालयका अध्यक्ष हरिहर श्रेष्ठले जानकारी दिनुभयो । पहिलोदिनमा भएको रक्तदानमा ३२ युनिट रगत संकलन भएको छ । बिद्यालयले १९ गते सरस्वती पूजा, शैक्षिक पुरस्कार बितरण, अनाथ तथा अपाङ्गता भएकाहरुलाइ खाद्यान्न बितरण, फलफूल बितरण गर्ने जनाएको छ ।

त्यस्तैगरी २०, २१ र २२ गते खेलकुलका कार्यक्रमहरु हुनेछन् । माघ २७ गते भूतपूर्व बिद्यार्थीहरुका बिचमा पुर्नमिलन तथा खेलकुद तथा अभिभाबकका बिचमा पनि मैत्रीपूर्ण प्रतियोगिताहरु, तथा साहित्यीक कार्यक्रम संचालन गरिने बिद्यालयका प्राचार्य मणिरत्न भण्डारीले बताउनुभयो । त्यस्तैगरी माघ २९ गते मूल समारोहको आयोजना गरिएको छ ।

आज भएको रक्तदान बिद्यालयका अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षता तथा नेपाल रेडक्रेस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासको प्रमुख आतिथ्यमा भएको थियो ।  सो अबसरमा बोल्दै सभापति उदासले रुपन्देहीमा रक्तदान गर्ने दाताको संख्या बढेकोमा खुसी ब्यक्त गर्दै रगतको सही रुपमा सदुपयोग गरिने उल्लेख गर्नुभयो ।

सो अवसरमा प्राचार्य मणिरत्न भण्डारी, सहप्राचार्य बासुदेब घिमिरे, रेडक्रसका अध्यक्ष मनोहर श्रेष्ठ, स्थानीय बुद्धिजिबी बाबुराम घिमिरे लगायतले बोलेका थिए ।