
बुटवल, १८ माघ । रक्षा मन्त्री बालकृष्ण खा“णले निजी क्षेत्रका विद्यालयहरुको सुरक्षा सरकारले गर्ने बताएका छन् । रुपन्देहीको तिलोत्तमा–११ प्रदिपनगर स्थित कु“वरवर्ती इंलिस बोर्डिङ स्कुलको रजत महोत्सव मुल समारोहलाई आज सम्बोधन गर्दै मन्त्री खा“णले निजी विद्यँलयलाई कुनै पनि सरकारले कमजोर पार्न नसक्ने बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खांणले निजी विद्यँलयमा भएको लगानीको सुरक्षा राज्यले गर्नुपर्ने बताउ“दै उनले शिक्षा प्रदान गर्ने सरकारको दाहित्वमा बोर्डिङ स्कुलले सरकारलाई सजिलो पारेको बताए । निजी विद्यँलयले आफ्नो मानविय तथा भौतिक पूर्वाधार, विद्यँर्थीलाई दिने सेवा–सुविधा, गुणस्तरलगायतलाई ख्याल गरेर शुल्क निर्धारण गर्नुपर्ने बताउ“दै मन्त्री खा“णले निजी विद्यँलयलाई व्यवसायिक ढंगले सञ्चालन नहुन आग्रह गरे । ‘अभिभावकलाई मर्का नपर्नेगरी आफैं शुल्क निर्धारण गर्नुहोस् । तर विद्यँलयलाई व्यवसायिक ढंगले सञ्चालन चाही“ गर्नुहु“दैन ।’ उनले भने । उनले विद्यार्थी प्रतिनिधिलाई राखेर शुल्क निर्धारण गर्ने नीतिप्रति आफू सहमत नरहेको प्रष्टाए । उनले आफू निजी विश्वविद्यँलय खोल्न दिनुपर्छ भन्ने पक्षमा रहेको समेत बताए ।
फरक प्रंसगमा रुपन्देही क्षेत्र नं. ३ का सांसद समेत रहेका मन्त्री खा“णले तिलोत्तमा नगरपालिकालाई हरित नगरको रुपमा विकास गर्ने काममा आफू लागेको बताए । ‘तिलोत्तमा नगरपालिकालाई हरित नगरको रुपमा विकास गर्नुपर्छ । यसमा सबैले योगदान गरौं ।’ कांग्रेसका नेता समेत रहेका मन्त्री खा“णले भने । उनले रोहिणी नदीमा सिंचाईको समेत काम हुनेगरी जलासय बनाउन थालिएको जानकारी दिए ।
सोही कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले अबको शिक्षा प्रविधिका आधारमा चल्नुपर्ने बताए । विज्ञान र प्रविधिको क्षेत्रमा आएको तीव्र विकासले शिक्षालाई त्यसतर्फ डो¥याएको उनको भनाइ छ । यस्तै निजी तथा आवासीय विद्यँलय अर्गनाइजेशन नेपाल (प्यँब्सन) प्रदेश नं. ५ का अध्यक्ष कृष्ण खनालले निजी विद्यँलयलाई सरकारले विभेद गर्दै आएको बताए । उनले छात्रवृत्तिमा रहेको विभेद हटाउन सरकारको ध्यानाकर्षण गराए । यस्तै प्यँब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष अनन्तराम शर्मा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीलगायतले पनि निजी र सामुदायिक विद्यँलयलाई सरकारले समान व्यवहार गर्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्राचार्य दीपक खनालले विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा ११ को पढाइ सुरु गरिने जानकारी गराए । उनले विद्यँलयलाई थप बालबालिका मैत्री र प्रविधियुक्त बनाइने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा विद्यँलयका पूर्वअध्यक्ष राजुमान गुरुङ, विद्यँलयका पूर्व प्रवन्ध निर्देशक वैकुण्ठनाथ खनाल, पूर्व प्रिन्सिपल दिनेश सुवेदी, समाजसेवीहरु हरिलाल पाण्डे, यज्ञ गैरे, रामु साहनीलगायतले बोलेका थिए । विद्यालयका प्राचार्य दीपक खनालको अध्यक्षता, उप–प्राचार्य भोजराज वस्तीको स्वागत तथा शिक्षक मिलन भण्डारीको सञ्चालनमा कार्यक्रम भएको हो ।