बुटवल, २ फागुन । बुटवलको दीप बोर्डिङ्ले सञ्चालन गर्दै आएको दीप गायन ताराको छैठौं संस्करण यहि फागुनको ४ र ५ गते गर्ने तयारी गरिएको छ ।
बिद्यार्थीमा भएको गायन प्रतिभाको खोजी गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त जिल्ला स्तरीय अन्तर माध्यमिक बिद्यालय दीप गायन तारा प्रतियोगितामा रुपन्देही जिल्लाका करिव ५० बिद्यालय सहभागि हुने बिद्यालयका प्राचार्य टिकाराम न्यौपानेले बताउनु भयो । बिद्यायको ३६ औं स्थापना दिवसको अवसर पारेर सञ्चालन गर्न लागिएको उक्त प्रतियोगितको बारेमा आज बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।
उक्त गायन तारा तीन चरणको प्रतिस्पर्धाबाट छनौट गरिने पत्रकार सम्मेलनमा बिद्यालयका प्राचार्य न्यौपानेले बताउनु भयो । एक वर्षमा एक जना मात्रै गायक उत्पादन गर्न सकियो भने पनि राम्रो उपलब्धि हुने भएकाले प्रत्येक वर्ष गायन तारा प्रतियोगिता गर्दै आएको उहाँले बताउनु भयो ।
प्रतियोगितामा दीय गायन ताराको उपाधी हासिल गर्ने बिद्यार्थीलाई १५ हजार रुपैंया नगद सहित पुरस्कार प्रदान गरिने छ भने द्वितीय १० हजार र तृतीयलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै सान्त्वना दुई जनालाई जनही दुई हजार रुपैंया पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक शिक्षिका संगिता शाक्यले जानकारी गराउनु भयो । पत्रकार सम्मेलनमा बिद्यालयका उपप्राचार्य कलाधर अर्याल, शिक्षक पुरुषोत्तम पाण्डेले भनाई राख्नुभएको थियो ।