मृगौला पीडितलाई सहयोग

1.3K

मृगौला पीडितलाई सहयोग

बुटवल, ५ फागुन । दुबै मृगौला फेल भएपछि कपिलबस्तु बाणगंगा १६ भलवाडका भेषराज सुबेदीले आर्थिक सहयोगको याचना गरेका छन् ।
आज बुटवलमा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै उनले आर्थिक अभाबका कारण आफ्नो उपचारमा समस्या देखिएको बताएका हुन् ।

उनका दुबै मृगौला फेल भएपछि उनकी श्रीमतीले उनलाइ बचाउन मृगौला दिन तयार भएपनि आर्थिक अभाबका कारण प्रत्यारोपण हुन सकेको छैन । पहिलो चरणको उपचारका लागि काठमाडौंको टिचिङले ८ लाख रुपैंया लाग्ने बताएको सुबेदीले बताए ।

मृगौला पीडित सुबेदीलाइ बुटवल १३ देबिनगरमा रहेको जि टुवान्टी फाईभ क्लवले ६५ हजार आर्थिक सहयोग गरेको छ । उनलाइ क्लवका अध्यक्ष रमेशकुमार जोशी,उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुबास रायमाझी, महासचिब धिरेन बज्राचार्य, सचिब जगदीश न्यौपाने लगायत क्लवका सबैको पहलबाट ६५ हजारको चेक हस्तान्तरण गरिएको हो । सो अबसरमा बोल्दै अध्यक्ष जोशीले सबैले सहयोग गरेर जीवन बचाइदिन आग्रह गरेका छन् ।

४० बर्षिय सुबेदीको सिद्धार्थ बैंकमा रहेको ०२२०१०००१४२४९१०००००१ मा आर्थिक रकम संकलन गरिदिन पीडित सुबेदीले सबैलाइ आग्रह गरेका छन् । ४० बर्षिय सुबेदीका घरमा बुबा ,आमा,भाइ तथा १ श्रीमति,१ छोरा र २ छोरी रहेका छन् । उनलाइ अहिले मासिक ४० देखि ५० हजारको औषधि सेबन गरिरहन डाक्टरहरुले आग्रह गरेपनि आर्थिक रकमका कारण समस्या थपिएको उनको गुनासो छ ।