
बुटवल, ७ फागुन । फागुन ३ गतेदेखि बन्द रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पस खुलाउन नेपाल विद्यार्थी संघले माग गरेको छ । नेबिसंघले आज बिज्ञप्ती निकाल्दै नेबिसंघ र एमाले निकट अनेरास्ववियु बीच भएको झडपको कारणले क्याम्पस प्रशासनले क्याम्पस बन्द गरी प्रहरी तैनाथ गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नेबिसंघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाईका सभापति महेश शर्माद्वारा जारी बिज्ञप्तीमा तत्काल क्यायाम्पस खुलाएर पढ्ने बाताबरण मिलाउन माग गरिएको छ । साथै निर्धारित मितिमै स्ववियु निर्वाचन गरिनुपर्ने विज्ञ्प्तीमा उल्लेख छ । यस्तै अखिल क्रान्तिकारीले पनि क्याम्पसबाट प्रहरी प्रशासन हटाइनुपर्ने, स्ववियु निर्वाचनको वातावरण बनाइनुपर्ने, क्याम्पस खोली पठनपाठनको व्यवस्था हुनुपर्ने लगायतका माग राखी आफूहरु आन्दोलनमा होमिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रुपेश पौडेलले बताउनुभयो ।