
बुटवल, १० फागुन । बुटवल उद्योग वाणिज्य संघले ६४ औ स्थापना दिवशका अवसरमा आज सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरेको छ ।
संघका पदाधिकारी, पुर्वअध्यक्ष, कार्यसमिति सदस्य तथा अस्पतालका चिकित्सकहरुले अस्पतालमा उपचारका लागि भर्ना भएका र स्वास्थ्य परीक्षणका लागि आएका करिव ३ सय बिरामीलाई फलफुल बितरण गरेका थिए । त्यस अवसरमा संघका अध्यक्ष महेशमान सिंहले संघले स्थापनाको ६४ बर्षमा यस क्षेत्रको आर्थिक, सामाजिक बिकासमा गरेका कामहरुको सम्वन्धमा जानकारी गराउनु भएको थियो ।

संघका पुर्व अध्यक्ष जीवन वझाले संघले यस बर्षबाट स्थापना दिवश मनाउन लागेकोमा प्रशंसा व्यक्त गर्दै यस्ता कार्यक्रमले संघको प्रतिष्ठा अझै उचो हुने बताउनु भयो । संघका निवर्तमान अध्यक्ष सुरेन्द्र श्रेष्ठले बिगतमा अग्रजले गरेका कामले अहिले संघले गर्व गरे जस्तै अहिले यस क्षेत्रको बिकासमा संघले गरेका पहलले यो क्षेत्र आर्थिक केन्द्र बन्नुका साथै भावी पुस्तालाई पनि थप कामका लागि प्रेरित गर्ने बताउनु भयो ।
अस्पतालका निर्देशक डा. बिनोद पराजुलिले संघ समेतको सहभागितामा स्थापना र सञ्चालनमा रहेको अस्पताललाई अव शिक्षण अस्पतालमा रुपान्तरण गर्न पनि संघको बिशेष पहल आवश्यक भएको बताउनु भयो । कार्यक्रममा संघका उद्योग उपाध्यक्ष अनिल श्रेष्ठ, बाणिज्य उपाध्यक्ष उज्ज्वल कसजु, महासचिव हरि अर्याल, कोषाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।
