
बुटवल, ११ फागुन । एम्स कलेज बुटवलमा बिबिएस प्रथम बर्षका नव आगन्तुक बिद्यार्थीहरुलाइ स्वागत गरिएको छ । कलेजका दोश्रो, तेश्रो र चौथो बर्षका बिद्यँर्र्थीहरुको संयुक्त आयोजनामा पहिलो बर्षमा अध्ययनका लागि आएका बिद्यार्थिहरुलाई एक समारोहका बिच स्वागत गरिएको हो ।
बिबिएस चौथो बर्षका बिद्यार्थी इन्द्रमणि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि एम्स एजुकेशन फाउन्डेशनका कार्यकारी निर्देशक गोपालप्रसाद न्यौपानेले कलेजको शीर उचो राख्दै आफ्नो भबिश्य बनाउन बिद्यार्थीहरुलाइ आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दीपक ढकालले बिद्यार्थीहरु सबैप्रकारको ज्ञान आर्जन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । समायानुकुल परिबर्तन अध्ययनमा पनि जरुरी रहेको ढकालको भनाइ छ ।
कार्यक्रममा कलेज संचालक तथा प्राध्यापक महेन्द्र पाण्डे, संचालक गोपाल पाण्डे, प्लस टु संयोजक बिनोद शाक्य, पत्रकार कपिल ज्ञवाली, बिद्यँर्थीहरु चन्दा पाठक, किरण काफ्ले लगायतले बोल्दै गुणस्तरिय शिक्षामा जोड दिएका थिए ।
बिद्यार्थी रेजुना श्रेष्ठर शिब न्यौपानेको संचालनमा भएको कार्यक्रममा त्रिभुवन बिश्वबिद्यालयको नतिजा तथा कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाइ नगद सहित पुरस्कार प्रदान गरिएको थियो । सो अबसरमा बिद्यार्थिहरुले नृत्य,गीत,रचना बाचन तथा आफ्नो कला प्रस्तुत गरेका थिए ।