सिद्धार्थमा पढाइ सुचारु गर्न माग

1.3K

सिद्धार्थमा पढाइ सुचारु गर्न माग

बुटवल, ७  फागुन । फागुन ३ गतेदेखि बन्द रहेको बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस खुलाउन र बिद्यार्थीको पठनपाठन सुचारु गराउन बिद्यार्थी संगठनहरुले माग गरेका छन् ।

क्याम्पसमा क्रियाशिल नेपाल बिद्यार्थी संघ, अखिल छैठौं र अखिल(क्रान्तिकारी)ले आज संयुक्त रुपमा बिज्ञप्ती जारी गरी क्याम्पस सञ्चालन गर्न बिद्यार्थीको पठन पाठन सुचारु गराउन माग गरेका हुन् ।

नेपाल बिद्यार्थी संघ क्याम्पस इकाईका सभापति महेश शर्मा, अखिल छैठौंका शंकर काफिर र अखिल (क्रान्तिकारी)का इञ्चार्ज सपन पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेबिसंघ र एमाले निकट अनेरास्ववियु बीच भएको झडपको कारणले क्याम्पस प्रशासनले क्याम्पस बन्द गरी प्रहरी तैनाथ गरेको प्रति ध्यानाकर्षण भएको जनाउँदै क्याम्पस प्रशासनले तत्काल क्याम्पस सञ्चालन गरी पठन पाठनको व्यबस्था मिलाउन माग गरिएको छ । त्यस्तैगरी विज्ञप्तीमा निर्धारित मिति मै गराउन पनि ती संगठनहरुले माग गरेका छन् ।