
बुटवल, १९ फागुन । एडुकेयर इन्टिच्युट प्रालि बुटवलको आयोजनामा बुटवलमा हिजोबाट सुरु भएको दुई दिने शैक्षिक मेला आज सकिएको छ । मेलामा तीन३ हजार ५ सयभन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए ।
मेलामा भारतीय १८ भन्दा बढी कलेज र विश्वविद्यालयबाट प्रशासकिय प्रमुख तथा प्रतिनीधीहरु सहभागी थिए । उनीहरुले विद्यार्थीहरुलाई त्यहांको शिक्षा र उपलब्ध विषयका बारेमा जानकारी समेत गराएका थिए । समापन कार्यक्रममा मेलामा सहभागी स्टल तथा कलेजहरुलाई मायाको चिनोले सम्मान गरिएको एडुकेयर बुटवलका प्रमुख करिष्मा पाण्डेले बताउनुभयो ।
बुटवलमा पहिलो पटक संचालन भएको वृहत शैक्षिक मेलाबाट यसक्षेत्रका विद्यार्थीहरुले भारतीय कलेजहरुको बारेमा स्पष्ट जानकारी पाएको सहभागी बिद्यँर्थीहरुको भनाइ छ । यसप्रकारको मेला प्रत्येक बर्ष आयोजना गर्दै जाने एडुकेयरले जनाएको छ ।