राष्ट्रपति रनिङ् शिल्ड दुर्गा शैक्षिक गृहको कब्जामा

1.3K

राष्ट्रपति रनिङ् शिल्ड दुर्गा शैक्षिक गृहको कब्जामा

बुटवल, १९ फागुन । नबौं राष्ट्रपति कप रनिङ् शिल्ड प्रतियोगिताको उपाधी पश्चिम अमुवा स्थित दुर्गा शैक्षिक गृहले कब्जा गरेको छ । रुपन्देहीमा भएको राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा लगातार तेस्रो पटक पथम भई दुर्गा शैक्षिक गृह उक्त शिल्ड कब्जा गरेको हो ।

जिल्ला स्तरीय राष्ट्रपति कपमा ट्रयाक एण्ड फिल्ड, भलिवल र कपर्दी लगायतका खेल खेलाईएकोमा दुर्गा शैक्षिक गृहले १५० अंक प्राप्त गरेको थियो । त्यस्तै दोस्रो भएको ठुटीपिपलको मिनर्वा बोर्डिङ्ले १०१ र तेस्रो भएको बुटवलको ९४ अंक प्राप्त गरेका थिए । विजयी बिद्यालयलाई बुधबार एक कार्यक्रमका बिच रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले पुरस्कार वितरण गर्नुभयो ।

यद्यपी खेल सञ्चालन प्रकृयामा असन्तुष्टि जनाउँदै मिनर्वाले पुरस्कार स्वीकार गरेको छैन । प्रतियोगिता सञ्चान कार्यविधि अनुसार नै निर्णय लिईएकोले परिणाम स्वीकार्नुको विकल्प नभएको जिल्ला खेलकुँद बिकास समिति रुपन्देहीका उपाध्यक्ष मुक्ति अधिकारीले बताउनु भयो ।