
बुटवल, २० फागुन । बुटवल–१० सुख्खानगरमा रहेको दीप बोर्डिङ्ग स्कुलमा आज परम्परागत पोशाक प्रदर्शन प्रतियोगिता भएको छ । जुनियर र सिनियर तहमा आयोजित प्रतियोगितामा जुनियरतर्फ अल्ताफ अलीको नेतृत्वमा रहेको मुस्लिम समुह प्रथम भएको छ ।यस्तै, सारिका थापाको नेतृत्वमा रहेको मगर समुह द्धितीय र कृती श्रेष्ठको नेतृत्वमा रहेको नेवारी समुह तृतीय भएको कार्यक्रम संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
।
यस्तै सिनियर तहतर्फ आस्था जोशीको नेतृत्वमा रहेको नेवारी समुह प्रथम भएको छ । प्रतियोगितामा सोइङ पाटाको नेतृत्वमा रहेको मगर समुह द्वितीय र श्रेया बस्नेतको नेतृत्वमा रहेको क्षेत्री समुह तथा मेलिना गुरुङ्गको नेतृत्वमा रहेको गुरुङ्ग समुदायको समुह तृतीय भएका छन् ।
विद्यालयका सह–प्राचार्य सुरेन्द्र कुमार शाक्यको अध्यक्षता तथा प्राचार्य टिकाराम न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्राचार्यद्वय कलाधर अर्याल, ज्ञानु थापा, शिक्षक महेश खनाल लगायतले बोल्दै नेपाली कला संस्कृति संरक्षणमा विद्यालयको महत्वपूर्ण भूमिका रहने हुँदा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
प्रतियोगिताको बिजय सापकोटा, सोनु घिमिरे र बिजया थापाले मूल्याङ्कन गर्नुभएको थियो ।
