बिद्यार्थीको दाँत तथा मुख परीक्षण

1.3K

बिद्यार्थीको दाँत तथा मुख परीक्षण

बुटवल, २३ फागुन । बुटवल गोलपार्क स्थित शिशु ज्ञान कुञ्जमा आज मुख तथा दाँत रोग सम्बन्धि शिविर सम्पन्न भएको छ । आईतबार र सोमबार गरि दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा दुई ५० बिद्यार्थी र शिक्षक गरि करिव तीन सय जनाको मुख तथा दाँत परीक्षण गरिएको बिद्यालयकी प्राचार्य रीता शर्माले बताउनुभयो ।

बुटवलको आले डेण्टल हस्पिटलको प्राविधिक सहयोगमा सम्पन्न शिबिरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका सह–प्राध्यापक तथा वीर अस्पतालका बरिष्ठ कन्सल्टेण्ट डेण्टल सर्जन डा. प्रकाश बुढाथोकी, डेण्टल हाइजेनिष्ट प्रमोद रायमाझी र डेण्टल असिस्टेण्ट सुश्मिता आलेको समूहले दन्त परीक्षण गरेको थियो ।

परीक्षणको क्रममा दाँतमा किराले खाने समस्या बढी देखिएकोले डा. बुढाथोकीले विद्यार्थीलाई ब्रश गर्ने तरिका सिकाउनुका साथै परामर्श सेवा प्रदान गर्नुभएको थियो । विद्यालयले समय समयमा बिधागत रुपमा स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम गर्दै आएको बिद्यालयकी अध्यक्ष चन्दा रावलले जानकारी दिनुभयो ।