मजदुर दिवसको अवसरमा खेलकुद

1.3K

मजदुर दिवसको अवसरमा खेलकुद

देवदह, १८ बैशाख । खेलकुदको विकासले महिलाहरुको शारीरिक, मानसिक तथा संवेगात्मक विकासमा टेवा पुग्ने देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले महिलाहरु घरायसी काममा मात्र सिमित नरही बाह्य क्रियाकलापमा पनि सक्रिय सहभागी हुनुपर्नेमा जोड दिएका थिए । निरन्तर महिला बचत तथा ऋण सहकारी संस्था देवदहले अन्र्तराष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित खेलकुद कार्यक्रममा बोल्दै उनीहरुले उक्त कुरा बताएका हुन् । कार्यक्रममा उनीहरुले महिलाहरु बाह्य क्रियाकलापमा सहभागी हुदा एक आपसमा आत्मियताको भावना जागृत हुने हुदा सम्पूर्ण महिलाहरु एकजुट हुनुपर्ने बताएका थिए । संस्थाका अध्यक्ष पवित्रा रिमालको अध्यक्षतामा भएको कार्यक्रममा ऋण समिति संयोजक रुपा ढुंगाना, उपाध्यक्ष मिना पौडेल, सचिव शर्मिला पन्थ, कोषाध्यक्ष मिना ज्ञवाली, सदस्यहरु विन्दु पाध्य, राधिका कुमारी अर्याल लगायतले भनाई राखेका थिए ।

संस्थाका मिना ज्ञवालीको स्वागत र सचिव शर्मिला पन्थको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा भएको दौड प्रतियोगितामा मनका श्रेष्ठ प्रथम, जमुना कार्की द्धितिय र पुजा कार्की तृतिय भएका छन् । त्यसैगरी कुर्ची दौडमा इमा भुषाल प्रथम, जमुना कार्की द्धितिय र तारा गुरुङ तृतिय भएका छन् । बेलुन फोर प्रतियोगितामा मनका श्रेष्ठ प्रथम, गोमादेवि काफ्ले द्धितिय र रेनुका सापकोटा तृतिय भएका छन् । घैटो फोर प्रतियोगितामा सविता भट्ट प्रथम हुन सफल भएकी छिन् । रसि तान्ने प्रतियोगितामा मञ्जु भुषाल, भगवति ढुगांना, पुष्पा पराजुली, सिता सुवेदी, धनसरी गुरुङ, पुजा गुरुङ, गोमा भूर्तेल, राधा चौधरी र शर्मा पून प्रथम हुन सफल भएको खेल संयोजक मिना पौडेलले बताउनुभयो ।