दृष्टिबिहिनलाई सरसफाईका सामाग्रि वितरण

1.3K

दृष्टिबिहिनलाई सरसफाईका सामाग्रि वितरण

बुटवल, २४ जेठ । नेपाल स्वास्थ्य कर्मी संघको २६ औं स्थापना दिवसको अवसरमा दृष्टि बिहिन बालबालिकालाई व्यक्तिगत सरसफाईका सामाग्रि वितरण गरिएको छ । नेपाल स्वास्थ्य कर्मी संघ रुपन्देहीले संघको स्थापना दिवसको अवरसमा बुधबार तिलोत्तमाको मणिग्राम स्थित शान्ति नुमना माध्यमिक बिद्यालयमा अध्ययन गर्ने २६ जना दृष्टिबिहिन बिद्यार्थीलाई साबुन, मञ्जन, ब्रस, नङ्कट, रुमाल लगायतका व्यक्तिगत सफाईमा प्रयोग हुने सामाग्रि वितरण गरिएको संघका अध्यक्ष विश्वबन्दु विनयीले जानकारी गराउनु भयो ।

उक्त सामाग्रि वितरण गर्दै नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधि काजिमान श्रेष्ठले पेशागत हकहितका लागि मजदुर आन्दोलनमा रहेको स्वास्थ्य कर्मी संघले समाजिक उत्तरदायित्व बहन गर्दै गरेका सहयोगी कार्यक्रमले आन्दोलनलाई थप उचाईमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले वितरण गरिएको सामाग्रि प्रयाप्त नभए पनि असाहाय तथा अपांगता भएका व्यक्तिहरुलाई सहयोग गर्न पर्छ है भन्ने सन्देश दिएको पनि उल्लेख गर्नुभयो ।

संघका अध्यक्ष विश्वबन्दु विनयीको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय सचिव नमनारायण वेलवासे, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधि प्रेम खरेल, संघ रुपन्देहीका संस्थापक अध्यक्ष ईश्वरी ढुंगाना, नेपाल प्रेस युनियन रुपन्देहीका सचिव तथा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देही युवा समितिका अध्यक्ष कबिन्द्र नेपाल, बिद्यालयका प्रधानाध्यापक तथा नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद लामिछाने, संघका उपाध्यक्ष दयासागर पन्थी, सचिव रामप्रसाद ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।