मिस तिलोत्तमा २०७४ को उपाधि बास्तबिकतालाई

1.3K

मिस तिलोत्तमा २०७४ को उपाधि बास्तबिकतालाई

तिलोत्तमा/
मिस तिलोत्तमा २०७४ को उपाधि बुटवल सुख्खानगर निवासी बास्तबिकता श्रीबास्ताब ले चुमेकी छिन।  न्यु सत्यसाइ कला केन्द्र बुटवलको आयोजनामा भएको मिस तिलोत्तमा २०७४ को जज राउण्ड बाट २७ प्रतिधिलाई उछिन्दै बास्तबिकताले उपाधि चुमेकी हुन् । १५ देखि २५ बर्ष सम्मका ५० प्रतिश्प्रधि बीच शुरु भएको सो प्रतियोगिता अडिशन राउण्डबाट उत्कृस्ट २७ जना छनौट भएका थिए ।

दुर्गा गुरुङको संचालनमा भएको औपचारिक कार्यक्रममा “ब्युटी हेराइमा भन्दा पनि मानसिकतामा हुनुपर्नेू आयोजकका तर्फबाट संचालक सुन्दर गुरुङले बताउनु भयो।
तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष गुणनिधि भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नसिब गार्मेन्ट उद्योगका बिष्णु भुसाल , एभरेस्ट फुड एण्ड बेभरेजका महेश थैब , लगायतका अतिथिले यस्तो खालको प्रतियोगिता बुटवल र भैरहवापछि पहिलोपटक तिलोत्तमामा भएकोमा खुसि ब्यक्त गर्दै आयोजक प्रति धन्यबाद ज्ञापन गरेका थिए।
मिस तिलोत्तमा २०७४ को ग्राण्ड फिनालेमा जजको तर्फबाट प्रज्ञा बराल तिवारी, द अनुपा थापा ,अमित बराल, मिसेस पोखरा कि विनर सबिता पाण्डेले प्रस्तिस्प्रधिलाई प्रश्न सोधेका थिए र जज गरेका थिए भने, कोरियोग्राफर रेशम न्यौपानेले सबै डिजाइन र प्रस्तिश्प्रधिलाई कोरियोग्राफ गरेका थिए।
पिस लुम्बिनी कलेजकि बिन्जुथापाले प्रस्तिश्प्रधिहरुलाई मेकअपमा सजाएकि थिइन् भने मानसिकता र हेराइमा सधै अगाडी आउने तिलोत्तमामा यस्तो खालको प्रतियोगिताले युवाहरुमा नया आयाम र प्रतिभा प्रष्फुटन गर्न सजिलो हुने कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए।

मिस तिलोत्तमा २०७४ कि बिजेता बास्तबिकता श्रीबस्ताबले बेस्ट फिगरको समेत अवार्ड हात पारिन। उनले विनर बनेर नगद रु ३०१११ सहित बिशेस गिफ्ट ह्याम्पर पाइन् भने फस्टरनरअप संगै बेस्ट अर्गनाइजर चोइस बनेकी गरिमा गुरुङले नगद रु २०१११ प्राप्त गरिन ।
त्यस्तै सेकेण्ड रनरअपसंगै बेस्ट वाल्कको उपाधि पाएर नगद रु १०१११ सहित गिफ्ट ह्याम्पर सम्हालिन इशा गुरुङले साथै भिवर च्वाइसको तर्फबाट प्रियंका खरेलले बेस्ट भिवर च्वाइस उपाधि हासिल गरिन । पछिल्लो पटक यस्ता प्रतियोगिताले समाजमा राम्रो छापपार्न सफल भएको छ। यस्ता प्रतिओयोगिताबाट आफुमा ट्यालेण्टेड अझै बिस्तार हुने र समाजको ऐना हुन आफुलाई सक्दो सहयोग गर्ने मिस तिलोत्तमा २०७४ कि बिजेताबास्तबिकता श्रीबस्ताबले बताइन ।